रौतहटमा कोरोना जांचगर्ने पिसिआर मेसिन संचालन 

कटहरिया एफ एम न्युज डेस्क 

रौतहट २ असोज । 

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस जांच गर्ने पिसिआर मेसिन  रौतहट सदरमुकाम गौरमा रहेको अस्पतालमा पिसिआर ल्यावको औपचारिक रुपमा शुक्रवार संचालनमा आएको छ ।

 गौर अस्पतालमा तयार पारिएको पिसिआर ल्यावको एक समारोहका विच आज समाजिक विकास मन्त्री नवलकिशोर साहले उदघाटन गरेपछी संचालनमा आएको हो ।

 प्रदेश २ का समाजिक विकास मन्त्री साहको पहलमा  पहिलो चरणमा विरगंज, जनकपुर र राजविराजमा पिसिआर ल्याव स्थापनाभई संचालनमा आएको छ ।रौतहटबासीको प्रयासबाट जर्मन प्रविधिको पिसिआर मेशिन ल्याएर स्थापना गराएर संचालनमा आएपछी स्वाव परिक्षणको लागि धेरै दिन कुर्नु नपर्ने अवस्था आएको मन्त्री साहले बताए ।

 स्थानीय तहको प्रमुखहरुको तर्फबाट मेयर क्लव रौतहटका अध्यक्ष तथा गौर नगरको मेयर अजयकुमार गुप्ताले स्थानीय तहको सकारात्मक सहयोगका कारण नै आज गौरमा पिसिआर ल्याव स्थापना भएको हुनाले अगामी दिनहरुमा स्थानीय तहले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 रौतहटका सिडियो  इन्द्रदेव यादवले  आफू जिल्लामा सरुवा भएर आए देखि नै सुविधा सम्पन्न आइसोलेसन र पिसिआर ल्याव स्थापना गराउन अहोरात्र खट्दै आएको बताउदै स्थानीय प्रशासनले कोभिड १९ नियन्त्रण गर्न र व्यवस्थापनमा आवश्यक सबै सहयोग गर्ने स्पष्ट पारे ।

 गौर अस्पतालको मेडिकल सुप्रिडेन्ट डा कृष्णा साहले पिसिआर ल्याव संचालन गर्न आवश्यक ल्याव टेक्नीसियन, भिडिआर किट, लगायतका सामानहरुको आपुर्ती गर्न आग्रह गरेका थिए ।

जिल्लाको १८ स्थानीय तह मध्ये १३ स्थानीय तहले जनही ५लाखको दरले रकम उपलब्ध गराएको अन्य पाँच वटा पालिका प्राविधिक कारणबाट हालसम्म  रकम उपलब्ध गराउन नसकेपनी चाँडै रकम उपलब्ध हुनेमा आफू  ढुक्क रहेको डाक्टर साहले बताए ।

प्रतिकृया दिनुहोस