११ हजार भोल्टको तारमा करेन्ट लागेर हली संगै गोरुको मृत्यु

 

 

कटहरिया एफ एम न्युज डेस्क

रौतहट २३ मंसीर।

रौतहट स्थित विद्युतको ११ हजार भोल्टको तारमा करेन्ट लागेर एकजना हाली संगै गोरुको मृत्यु भएको छ। मृत्यु हुनेमा 

माधबनरायण नगरपालिका  ७ लौकाहा गाउँका  ५५ बर्षीय हली बैजुलाल पण्डित रहेको घटनास्थल पुगेका इन्स्पेक्टर झलक शर्माले बताएका छन। लौकाहा गाउँ छेउ खेतमा हलो जोतिरहेको क्रममा आज बिहान पौने १२ बजे खेतमै झरेको ११ हजार भोल्टको तारबाट करेन्ट

हली पण्डित र एउटा गोरुको मृत्यु भएको थियो। घटनाको खबर आए लगतै जिल्ला प्रहरी कार्यालय गौर बाट इन्स्पेक्टर शर्माका कमाण्डको त्यहाँ पुगेर अनुसन्धान सुरु गरेको छ। खेतमा हलो जोत्ने क्रममा ११ हजार भोल्टको तारमा कसरी करेन्ट लागेर मृत्यु भयो प्रहरीले हालसम्म ठम्याउन सकेको छैन।विद्युतको पोल माथि हुने ११ हजार भोल्ट विद्युत प्रवाह भैरहेको नाङ्गो तार तल खेतमा कसरी र कुनबेला झरेको हो अहिले यकिन हुनसकेको छैन इन्स्पेक्टर शर्माले बताए।

घटना बारे बिस्त्रित अनुसन्धान गर्दैछौं केही निष्कर्ष निकले पछि मात्र कारण थाहा हुने इन्स्पेक्टर झलक शर्माले जानकारी दिएका छन।

अहिले घटनास्थलको मुचुल्का तथा मृतक पण्डितको शव पोष्टार्टमको लागि प्रादेशिक अस्पताल गौर पठाउने तयारी भइरहेको इन्स्पेक्टर शर्माले जानकारी दिएका छन। घटनास्थल रौतहटको सदरमुकाम गौर भन्दा करिब २० किलोमिटर पश्चिम पर्दछ।

प्रतिकृया दिनुहोस