नेपाललाई बिदेशी भ्रष्टाचारीको मतियार भन्दै प्रभुको पछि लागेका लाई फर्किन ओलीद्वारा आग्रह

 

 

कटहरिया एफ एम न्युज डेस्क
रौतहट २५ माघ

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओललीले

माधव कुमार नेपाललाई बिदेशी भ्रष्टाचारीको मतियार भनेका छन। सीमित स्वार्थको निमित सिङ्गो नेकपा फुटाउने नेपाल गठबन्धन लाई घर भनेकोमा ओलीले खिल्ली उडाएका थिए।

नेकपा एमाले रौतहटको १० औं जिल्ला अधिवेशनमा प्रमुख अतिथि को रुपमा उदाघाटन गरेपछि बिहिवार गरुडामा सभालाई सम्बोधन गर्दै ओलीले उक्त खिल्ली उडाएका थिए।

 एउटा अनलाइन हेर्दा केपी ओली संग बोलचाल बन्द,  माधव नेपालले भनेका थिए उनले भने नेपाल संग बोलचाल नहुँदा के विग्रिन्छ रु एमाले अध्यक्ष ओलीले  नेपाल प्रति कटाक्ष गर्दै माधवलाई सुझाव छ, तिमी रौतहटको जनता संग बोलचाल बन्द गर ।

विदेशी, प्रतिक्रियाबादी शक्तिको,  जनविरोधी, विकास विरोधी, सुशासन विरोधी, भ्रष्ट तत्वहरुको मतियार भई नेपाल उनीहरूकै पछि पछि हिडिरहेको टिप्पणी गरेका थिए। 

नेता नेपालले भनेका थिए गठबन्धन भत्किन दिन्न ,गठबन्धन भत्काउदिन , गठबन्धन भत्किने गरी काम गर्दिन ,घरमा आगो लगाउदिन यो मेरो घर हो ,नेकपा एमालेले १५ बर्ष सम्म प्रमुख पदमा बसाले , उपप्रधानमन्त्री देखि लिएर प्रधानमन्त्री बनायो , पार्टीले सबै थोक दिए , आफैले बनाएका विशाल घरबाट दुई तिहाईको  दुई तिहाईको पार्टीलाई तोडफोड गर्ने सरकार ढाल्ने , ६ प्रदेशको सरकारलाई ढालेर काँग्रेसको माधव नेपालले पाउमा लगेर सरकार चढाएको ओलीले जिकिर गरेका थिए। 

ओलीले भने जब अहिलेको गठबन्धनबाट लात हानेर हटाएपछि मात्र थाहा पाउछकी गठबन्धन कहिल्यै घर हुँदैन । अहिले पनि समाजबादी राष्ट्रीय पार्टी राष्ट्रिय पार्टी छैन, स्वतन्त्रको हैसियतमा रहेको छ,आउदो निर्वाचनमा रौतहट क्षेत्र १ बाट माधव नेपाल कुनैपनि हालतमा नजित्ने दाबी गर्दै उक्त क्षेत्र बाट एमालेको प्रतिनिधिसभाका उमेदवार बन्ने पार्टी केन्द्रिय सदस्य अजय कुमार गुप्तालाई ओलीले जितको अग्रिम शुभकामना दिएका थिए। 

त्यसैगरी आमजनता पार्टीका अध्यक्ष प्रभु साहको पछाडी गएका एमालेका कार्यकर्तालाई पुनः पार्टीमा फर्किन आग्रह गरेका थिए।

उनले प्रभुको पुच्छर समातेर बैतरणी पार नहुने भएकाले ससम्मान एमालेमा फर्किन सुझाव समेत दिएका थिए।

गरुडा स्थित बन्द रहेको श्रीराम सुगर मिल्स संचालनको लागि आफू प्रधानमन्त्री संग कुरा गर्ने बताउँदै उद्योग कलकारखानाहरुलाई संचालनमा ल्याई सयौं वेरोजगार युवाहरुलाई रोजगारीको व्यवस्थापन गराउने बताए।

साथै २०८४ को निर्वाचनमा माधव नेपाल जति पैसा खर्च गरेपनि जित्दैनन, जित्न दिनु पनि हुँदैनन यस्ता मान्छेबाट रौतहटबासी सचेत रहने उनले आग्रह गरेका थिए।

देशमा अहिले जनताको सरकार छैन , जनताको सरकार बनाउन निमित्त एमालेको बहुमतको सरकार बनेमा मुलुकमा समृद्धि, सुशासन एवं विकासमय हुने बताएका थिए। विसं २०१५ सालमा एमालेको लालकिल्ला रहेको रौतहटलाई पुनस् लालकिल्लाको रुपमा  फर्काउन  एमाले नेता तथा कार्यकर्तालाई सुझाव दिएका थिए।

अहिलेको देशको जरजर अवस्थाको कारण गठबन्धन सरकार भएको बताउँदै उनले अब यो सरकारले देश चलाउन नसक्ने उल्लेख गरे।

 मिशन ८४ लाई मध्य नजर गर्दै पार्टीको आन्तरिक एकतालाई कायम राखेर संगठन विस्तार गरी संगठनलाई बलियो बनाउन चलाउन निर्देशन दिएका थिए।

एमाले रौतहटको १० औं जिल्ला अधिवेशनको उदघाटन सत्रलाई एमाले पोलिटब्यूरो सदस्य कोशी प्रदेश प्रमुख रघुविर महासेढ, एमालेका सचिव योगेश भटराई, पोलिट ब्यूरो सदस्य ज्याला साह, केन्द्रीय सदस्य उधव रेग्मी,अजयकुमार गुप्ता, पूर्व साँसद रेखा झा, प्रतिनिधिसभा सदस्य किरण कुमार साह, केन्द्रिय लेखासमिती सदस्य राजकिशोर यादव, प्रदेश सहसचिव आरती भण्डारी, सदस्य रामजी साह,लगायतका वक्ताहरुले  शुभकामना दिएको जिल्ला प्रचार विभाग प्रमुख रुपेश पटेलले बताएका छन।


 

प्रतिकृया दिनुहोस