खानेपानी संस्था चन्द्रपुरको निर्वाचनमा उपाध्यायको प्यानलै विजयी
![](https://katahariyafm.com.np/uploads/news/images/531335270received_1413275925904212..jpeg)
कटहरिया एफ एम न्युज डेस्क
रौतहट २९ जेठ।
रौतहटको उतारिभेग चन्द्रनिगाहपुर स्थित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा किशोर प्रसाद उपाध्यायको प्यानल विजयी भएको छ । कूल ६६७ मत प्राप्तगरी उपाध्याय अध्यक्ष पदमा बिजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्दी लेखनाथ कोईरालाले ३३१ मत प्राप्त गरेका थिए । उपाध्याय प्यानल बाट उपाध्यक्षमा डोल बहादुर ठाडा मगर,सचिवमा अवधेश हरी भट्टराई,कोषाध्यक्षमा बिनिता बख्रेल,सदस्यमा बृजेश प्रसाद साह प्रहलाद मैनाली, दुर्गा प्रसाद हुमागाई,राम प्रसाद साह, बलराम सापकोटा र भरत प्रसाद अधिकारी विजयी भएका छन । महिला सदस्यमा रत्न कुमारी खडका,कल्पना दाहाल र जानुका तिमलसिना मत प्राप्त गरी विजयी भएका हुन । खानेपानी उपभोक्ता सदस्य मध्ये जम्मा १ हजार २७ ले मात्र मतदानमा सहभागि जनाएका थिए । निर्वाचनमा नेकपा ९एमाले०, नेपाली काङ्ग्रेस , नेकपा ९एकीकृत समाजवादी० लगायतका दल मिलेर बाम लोकतान्त्रिक समुहबाट किशोर प्रसाद उपाध्यायको नेतृत्व समुहमा उम्मेदवारी दिएको थियो भने स्वतन्त्रबाट लोकनाथ कोईरालाको प्यानलको उम्मेदवारी परेको थियो ।
प्रतिकृया दिनुहोस