बन कार्यलय रौतहटद्वारा सैयौंफिट अबैधकाठ र दर्जनबढी तस्कर पक्राउ

 

कटहरिया एफ एम न्युज डेस्क

रौतहट २३  मंसीर।

डिविजन बन कार्यलय रौतहटले सैयौं क्युबिफिट सालको अबैध काठ बरामद गर्नुका साथै दर्जनबढी तस्कर पक्राउ गरेका छन्। बन गस्ती टोलीले सक्रियता बढाए संगै तस्करहरुले पनि नयाँ नयाँ युक्ती निकालेर साल जातको काठ अवैध रूपमा कटानी गरेर तस्करी गर्ने गरेको पाइएको छ। हेर्दा पत्यारै नलाग्ने किसिमको चार पाँच फिट सम्म मोटाई भएको सालको गुलिया काठ तस्करहरुले साईकलमै ढुवानी गर्ने गरेको देखिएको छ। दुई दिन अघिमात्र सशस्त्र वन सुरक्षा गस्ती टोलीले रौतहट स्थित बलेरी खोर जंगल बाट त्यस्तै किसिमले तस्करहरुले ढुवानी गर्न लागेको दुर्इवटा साईकल जोडेर लोड गरिएको विशाल सालको गुलिया काठ बरामद गरेको छ। राष्ट्रीय बनमा तस्कर समूह प्रवेश गरेको बिशेष सूचनाको आधारमा गएको सुरक्षा टोलीले नया प्रविधी बाट चोर्दै गरेको उक्त साईकल सहितको गुलिया काठ बरामद गरिएको डिवीजन बन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताएका छन।

 डिविजन प्रमुख मिश्रको सक्रियतामा डिवीजन बन कार्यलय चन्द्रनिगाहपुर तथा मातहतको सब डिवीजन कार्यालयहरु बाट खटिगएको गस्ती टोलीले सो संगै सैयौं क्यूफिट सालको काठ बरामद गर्नुका साथै  दर्जन बढी तस्करलाई पक्राउ गरेको हो।

रौतहट स्थित राष्ट्रीय तथा बिभिन्न साझेदारी बन बाट अबैध रुपमा ल्याउँदै गरेको अवस्थामा सशस्त्र बन सुरक्षा टोलीले गत साउन १५ यता ३९७ क्यूफीट सालको काठ बरामद गरेको छ।

सो अवधिमा काठ तस्करी र अबैध सिकारमा संलग्न १५ जना तस्कर लाई पक्राउ गर्नुका साथै काठ तस्करीमा प्रयोग गरीएको पिकअप भ्यान १ थान, ट्याक्टर १ थान, टायर गाडा २ थान, मोटरसाइकल १ थान र साईकल १४ थान बरामद भएको डिवीजन प्रमुख मिश्रले जानकारी दिएका छन।

त्यसैगरी पक्राउ परेका तस्करलाई कानुनी कारवाही गरी जरिबाना स्वरूप ६ लाख,१३ हजार १२० रुपैया राजश्व संकलन गरिएको डिवीजन बन कार्यालय रौतहटका सहायक अधिकृत राजेश साहले बताएका छन।

गत असोज १ गते डिवीजन बन कार्यलय रौतहटको प्रमुखको रुपमा कार्यभार सम्हाले देखि जिल्लामा तुलनात्मक रुपमा काठको चोरी तस्करीमा कामी आएको स्थानीयहरुले बताएका छन।

प्रतिकृया दिनुहोस