हाम्रो बारेमा

सबै

परिचय

समाचार, सुचना, विभिन्न मनोरञ्जनात्मक एवं सांगीतिक कार्यक्रम प्रसारण गर्नुका साथै भाषा, संस्कृति, भेषभूषा, पुरातन सभ्यताको संरक्षण र आधुनिक परिवेशलाई त्यस संग जोडने सेतुको रुपमा काम गर्नका लागी यस रेडियोको स्थापना भएको हो । २१औंं शताब्दीको आधुनिक परिवेशलाई पुरातन संस्कृति र सभ्यता संग जोडने कटहरीया एफ.एम.९३.८ मेगाहर्ज वि.सं.२०७६ सालको बैशाख महिनाको ३० गते तदनुसार १३ मई २०१९ बाट प्रसारणमा रहको छ । यो रेडियो विहान ५ बजे बाट प्रसारण प्रारम्भ गरी राती ११ बजे सम्म प्रसारणमा रहन्छ । विशुद्ध सामाजिक सेवाको भावनाले सामाजिक क्षेत्रमा कार्यरत संस्था जनजागरण केन्द्र नेपाल बाट संञ्चालित कटहरीया एफ.एम.९३.८ मेगाहर्ज रौतहट जिल्लाको कटहरीया नगरपालिका वडा नं. ४ मा अवस्थित छ ।

राजधानी काठमाण्डौ तथा देशका अन्य भाग एवं विदेशका हाम्रा श्रोता, सहयोगी, शुभेच्छु तथा विज्ञापनदाताको सुविधालाई ध्यानमा राखेर हामीले यस रेडियो लाई अनलाईन प्रत्यक्ष प्रसारण पनि गरेकाछौं । यो रेडियो को वेबपेज धधध।पबतबजबचष्थबाm।अयm।लउ मा गएर प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ । यो रेडियो गरुडा देखी ७ किलो मिटर पश्चिम कटहरीया बजारको मुखैमा अवस्थित छ ।

यस सामुदायिक रेडियोले  नेपाली, हिन्दी, बज्जिका,भोजपुरी,मैथली तथा मातृभाषा गरि ५ वटा भाषामा विभिन्न कार्यक्रम प्रसारण गरिरहेको छ । ५०० वाट क्षमता रहेको यो सामुदायिक रेडियो, नेपालको रौतहट, बारा, पर्सा, सर्लाही,मकवानपुर,चितवन तथा भारतको सीतामढी, पुर्वी चम्पारण, पश्चिम चम्पारण का साथै माथि उल्लेखित स्थानहरुको वरिपरिका जिल्लाहरुको विभिन्न शहरहरुका स्रोतामाझ सहजै र स्पष्टसँग सुन्न सकिन्छ । यसका अतिरिक्त पनि आंशिक रुपमा यो रेडियो अन्य स्थानहरुमा समेत सुनिने गरेको कतिपय श्रोताहरु बताउनु हुन्छ ।  ्