पाठ्यघरको अपरेसन गर्दा महिलाको मृत्यु, डाक्टर क्लिनिक सञ्चालक फरार

कटहरिया एफ एम न्युज डेस्क

रौतहट २१ कार्तिक।

रौतहट स्थित एकानिजी क्लिनिकमा विनासुबिधा जथाभाबी पाठ्यघरको अपरेसन गर्दा बिरामी महिलाको मृत्यु भएपछि डाक्टर तथा क्लिनिक सञ्चालक फरार भएका छन।

रौतहटको गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत बिर्तामा रहेको ईमर्जेन्सी जन सेवा हस्पिटलमा जथाभावी पाठ्यघरको अपरेसन गर्दा बिरामी महिलाको मृत्यु भएपछि अपरेसन गर्ने डाक्टर र सञ्चालक गरुडा ८ का राजेन्द्र यादव फरार भएका छन।

डाक्टरको चरम लापरवाहीका कारण बिरामी महिला 

चन्द्रपुर नगरपालिका ७ बनबौहरीका ईब्राहिम सिद्विकिको ३० बर्षिय श्रीमती नुर्जहान खातुनको ज्यान गएको पीडित परिवारले बताएको छ।

पछिको समय पेट दुख्ने लगायतको समस्या हुँदा खातुनलाई उक्त अस्पतालमा चेकजाँच गराउँदा डाक्टरले पाठ्यघरको अपरेसन गर्नुपर्ने बताएका थिए।

डाक्टरको सुझाव अनुसार सोमवार बिरामी खातुन लाई ईमरजेन्सी जनसेवा हस्पिटल बिर्तामा अप्रेसन गराउन लगेको थियो । सोमवार साँझ डाक्टरले खातुनको पाथ्यघरको अपरेसन गरेपछि उनी अत्यन्तै सिकिस्त भएको उनका श्रीमान सिद्विकीले बताएका छन।

अचेत भएकी बिरामी खातुनलाई डाक्टरको सल्लाह अनुसार थप उपचारको लागि एम्बुलेन्स बाट वीरगंज स्थीत मेट्रो सिटी अस्पतालमा 

लैजाँदा सोमवार राति डाक्टरले मृत घोषणा गरेको उनका श्रीमान इब्राहिम सिद्विकीले बताएका छन। बिरामी नुरजहाँ खातुनको मृत्यु पछि आज दिउँसो पिडित परिवार र स्थानीयहरु हस्पिटलका संचालक यादव र उपचारमा संलगन डाक्टरलाई पक्राउ गर्न माग गर्दै हस्पिटल अगाडि   बिरोध प्रदर्शन गरिरहेका छन ।

घट्ना पछी हस्पिटलका संचालक राजेन्द्र यादव र त्यहाँ कार्यरत डक्टर हस्पिटल बन्द गरेर फरार भएका छन। ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी  ओम प्रकाश खनालले घटनाको पुष्टि गर्दै मृतक महिला खातुनको शव फोरेन्सिक स्वास्थ जाँचको लागि शिक्षण अस्पताल काठमाडौं पठाइएको बताएका छन।

साथै महिलाको अपरेसन गर्ने डक्टर तथा हस्पिटल सञ्चालक राजेन्द्र यादवको खोजी तथा थप अनुसन्धान भइरहेको बताएका छन। अस्पताल सञ्चालक पैसाको लोभमा परेर सीमावर्ती भारतीय बजार बाट डक्टरका सहयोगी कम्पाउन्डर लाई बोलाएर बिभिन्न प्रकारको अपरेसन गराउँदै आएको पीडित परिवारको आरोप रहेको छ। बिरामीलाई बेहोस गर्ने दक्ष जनशक्ति बिना अपरेसन कक्ष समेत उचित व्यवस्थापन बिना पाठ्यघरको अपरेसन गरेकाले खातुनको मृत्य भएको पीडित परिवारको भनाई छ। रौतहटमा नियमनकारी निकायको अभावमा जिल्लाको ग्रामीण क्षेत्रमा बिना सुविधाको दक्ष जनशक्ति नहुँदै दर्जनौं अस्पताल सञ्चालन गरिएको छ।


 

प्रतिकृया दिनुहोस