मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यू 

कटहरिया एफ एम न्युज डेस्क 
रौतहट ११ भदौ 
रौतहट । बारामा बिहीबार मोटरसाइृकल दुर्घटनामा परी एक जना रौतहटेली युवकको ज्यान गएको छ । बिहान ९ बजेको समयमा  महागढीमाई नगरपालिका २ भुतहीपुल नजिकै( घर रौतहट बौधिमाई नपा ईनरवारी घरबाट कलैया तर्फ आईरहेको) ना६१प ६६४० नम्बरको मोसा आफै पल्टिना जादा मोसा चालक रौतहट जिल्ला. जयचन्द पटेलका छोरा बर्ष ३५ को सुरेशचन्द्र पटेलको मृत्यु भएको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिनुभयो ।  सिरियस घाईते भई उपचारको लागी कलैया अस्पताल लैजादै गर्दा अस्पतालमा मृत्यू भएको प्रहरी प्रवतmा मिश्रले भन्नुभयो । घटना बारे थप अनुसंन्धान भईरहेको बारा प्रहरीले जनाएको छ । मोटरसाईकल भने प्रहरी चौकी बरियापुरमा राखिएको छ ।  

प्रतिकृया दिनुहोस