कटहरिया प्रिमियर लिग क्रिकेट टुर्नामेन्टमा मौलापुर लाई पराजित गर्दै कटहरिया विजयी
![](https://katahariyafm.com.np/uploads/news/images/1273829928334317857_617622256851045_1607963807885332789_n.jpeg)
कटहरिया एफ एम न्युज डेस्क
रौतहट १३ चैत्र।
कटहरियामा आज भएको कटहरिया प्रिमियर लिग टुर्नामेन्ट प्रतियोगितामा मौलापुर लाई पराजित गर्दै कटहरिया विजयी भएका छ्न । कटहरिया नगरपालिका वडा नं ५ कटहरियाको क्रिकेट स्टेडियममा आज सोमबार भएको कटहरिया प्रिमियर लिग सिजन १ क्रिकेट टुर्नामेन्टमा मौलापुर नगरपालिका लाई कटहरिया ८ बिकेटले पराजित गरेका छ्न ।
जय माँ बौधि क्रिकेट क्लबले आयोजना गरेको टुर्नामेनटको खेलमा आज सोमबार कटहरिया र मौलापुर बिच खेल सम्पन्न भएको छ । टच जितेर कटहरिया फिल्डिङ रोजेको थिए । मौलापुर ब्याटिंग गरेर निर्धारित २० ओभरमा ४ बिकेटको क्षतिमा टिमले १ सय १ रनको योगफल तयार पारेको थिए ।
जवाफी ब्याटिंगमा उत्रिएका कटहरियाका ले ११ ओभरमा २ बिकेटको क्षतिमा १ सय २ रन बनाई विजयी भएको छ । सो खेलमा कटहरिया टिमका रोहित साह ५० रन, रितीक २४ रन, दिप्पु साहको ६ का प्रहार गरेका थिए ।
आजको खेलमा कटहरिया टिमको मैनअफ द मैच रोहित सोनि भएका छ्न ।
भोलि मंगलबार फस्ट राउनडको खेलमा माधवनारायण र बिसरामपुर बिच र दोस्रो राउन्डमा कटहरिया बौधि माईटिम र भसेढवा बिच हुने कटहरिया नगर पालिका वडा नम्बर ४ को वडा अध्यक्ष चनदन कुशवाहा कटहरिया एफ एम लाई जानकारी दिएका छ्न ।
प्रतिकृया दिनुहोस